नेपालीसँग भएको भारतिय पुराना नोट नसाटिने भो!

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाण्डौ,३ साउन । भारत सरकारले नेपालमा रहेका पाचँ सय र एक हजारका पुराना नोट साट्न नसकिने स्पष्ट पारेको छ । भारतीय अर्थमन्त्रालयले सर्वोच्च अदालतलाई पत्र मार्फत अब नोट साट्न नसकिने जानकारी गराएको हो ।
गत जुलाई ४ मा सर्वोच्च अदालतले सरकारलाई केही समय रुपैया उपलब्ध गराउनको लागि आग्रह गरेपछि डिसेम्बर ३० सम्म पुराना नोटहरु जम्मा पार्नका लागि समयसीमा बढाइएको थियो । मार्चको अन्तिम महिनासम्म रिजर्भ बैंक अफ इन्डियाका केही स्थानहरुमा पनि नोट साट्ने व्यवस्था गरिएको थियो ।गत वर्षको नोभेम्बर ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र एक हजारका नोटहरु अवैध घोषणा गरेका थिए ।