भक्तपुरमा एकगाग्री पानीका लागि बिहान ३ बजे नै उठ्नुपर्ने….

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

भक्तपुर, ४ साउन । भक्तपुर नगरपालिका–७, गोलमढीकी कृष्णलक्ष्मी कवांलाई बिहान उठ्ने बित्तिकै पानीको चिन्ताले सताउने गरेको छ । मध्य वर्षात्मा पनि धारामा भनेजस्तो पानी नआएपछि कवाँको बिहानीको समय पानीको जोहो गर्नमा नै बित्ने गरेको छ ।

उनी भन्छिन , “धारामा पानी आउने ठेगान छैन । एकछिन ढिला भयो भने इनारमा पनि पानी हुँदैन ।” इनारको पानीको लागि बिहान ३ बजे नै उठ्नुपर्ने बाध्यता रहेको उनी बताउछन् ।त्यसैगरी, भक्तपुर नगरपालिका–६ की रामकेशरी खाइतुले वर्षामा पनि धारामा पानी नआएका कारण निकै समस्या आएको बताईन । उनले एक गाग्री पानी लिन कहिले तचपाल त कहिले बेखालसम्म जानुपर्ने समस्याले निकै सकस भएको बताए ।

pani1

“धारामा पानी आउने ठेगान छैन । आए पनि आधा घण्टा जति मात्र पानी आउँछ ।” उनले भने , “भएका सार्वजनिक धारामा पनि पानी आउन छोड्यो । घरमा धारा हुनेका लागि पानी आउने बेला थाप्न पाए पनि धारा नहुनेका लागि निकै ठूलो समस्या बेहोर्नु परेको छ ।”वर्षात्को मौसममा पनि भक्तपुर नगरपालिकामा पानीको हाहाकार घट्न सकेको छैन । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९काउखाली० ले मागअनुसारको आपूर्ति गर्न नसकेपछि भक्तपुर नगरभित्र पानीको हाहाकार भएको हो । काउखालीले पर्याप्त पानी आपूर्ति गर्न नसक्दा उपभोक्ता सार्वजनिक इनार र ट्यांकरबाट पानी किनेर खान बाध्य छन् ।भक्तपुर नगरभित्र करिब एकलाख जनसंख्या बसोबास गर्छन् । भक्तपुर नगरभित्र दैनिक एक करोड लिटरको हाराहारीमा पानीको माग रहेको छ । रासस