नेका कार्य समितिको बैठक शनिबार

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडाँै, ५ साउन । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी शनिबार बस्ने भएको छ । नेपाली काँग्रेसद्वारा आज जारी प्रेस विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको बैठक यही साउन ७ गते बिहान ८ बजे पार्टी कार्यालय, सानेपा, ललितपुरमा बस्ने जनाइएको छ ।

उक्त बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसअघि सो पार्टीले उक्त बैठक साउन ९ गते बस्ने भनेकोमा प्राविधिक कारणवश मिति हेरफेर गरिएको उल्लेख छ । रासस