यातायात कार्यालयका निमित्त प्रमुखसहित सात निलम्बित

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

भीमदत्तनगर, ५ साउन । भारतबाट चोरीका सवारी साधन भित्र््याएर दर्ता गरी सञ्चालन गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवस्तरको निर्णयले आज महाकाली अञ्चल यातायात कार्यालयका निमित्त प्रमुखसहित सात कर्मचारीलाई निलम्बन गरेको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेयले मन्त्रालयको सचिवस्तरको निर्णयबाट यातायात कार्यालयका निमित्त प्रमुख हेमन्तबहादुर सिंहसहित कर्मचारी निलम्बनमा परेको जानकारी दिनुभयो । निलम्बनमा पर्नेमा यातायात कार्यालयका मेनानिकल इञ्जिनीयर दीपक थापा, नासु नरेन्द्रराज जोशी, तारादत्त भट्ट र महादेव भट्ट तथा खरिदार केशवदत्त बडू र श्यामराज ओझा छन् । यातायात व्यवस्था विभागको सिफारिसमा मन्त्रालयले निलम्बन गरेको विभागका प्रवक्ता पाण्डेयले जानकारी दिए ।