चलचित्र ‘छक्का पन्जा-२’ को पहिलो गीत ‘नाइलनको साडी’ सार्वजनिक, ‘छक्का पन्जा’ यूनिटद्वरा पनौती क्षेत्रको लागि एम्बुलेन्स पनि हस्तान्तरण ( फोटो फिचर )

arjun Entertainment/मनोरञ्जन , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Others/अन्य , Photo Bank , Photo Gallery , न्युज बैंक बिषेश , ७ वर्ष अगाडि

न्युज बैंक नेपाल, काठमाडौं । चलचित्र ‘छक्का पञ्जा २’ को गीत आज एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको छ । ‘ए दाजु नसमाउ नारीमा…’ बोलको गीत शुक्रबार विहान सार्वजनिक गरिएको हो । गितमा केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाललाई देख्न सकिनेछ ।

IMG_4087

IMG_4147

IMG_4158

प्रिन्स र दिपकराज गिरीको शब्द रहेको यस गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छक्कापञ्जा– २ मा रोशन श्रेष्ठको द्वन्द्व, दीर्घ गुरुङको छायाङ्कन रहेको छ । यसको सम्पादन विपिन मल्लले गरेका छन् ।
दीपक-दीपाको प्रस्तुतीमा तयार यस चलचित्रमा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई , सुमन गिरीको, दीपेन्द्र खानियाको लगानी रहेको छ।

आमा सरस्वती गितादेवी फिल्मको ब्यानरमा निर्माण भएको छक्का पञ्जा २ को पनि चर्चा पनि उत्तिकै बढ्दै गएको छ । यसै ब्यानरमा निर्माण भएका यस अघिका ‘छ एकान छ’ र ‘वडा नम्बर ६’ र हिट भइसकेका छन् भने गत वर्ष मात्र प्रदर्शन भएको छक्कापञ्जाले नेपाली सिने जगतमा इतिहास रचेको छ ।

IMG_4135

IMG_4119

‘छक्का पञ्जा २’ मा दिपकराज, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, किरण केसी,बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल,निश्चल बस्नेत लगायतको अभिनय रहेको छ भने चलचित्र असोज ११ गते बडा दशैको सेरोफेरोमा प्रदर्शन हुनेछ ।

चलचित्र निर्देशक विकासराज आचार्यको कथा रहेको यो फिल्ममा उनी नै कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका छन निर्देशकमा पुन दिपाश्री निरौलाको नै रहेको छ ।

IMG_4105

IMG_4113

IMG_4108

“छक्का पन्जा २” को गीत सार्वजनिक गरिएको अवसरमा आज पनौतीको बिकट गाउंमा एम्बुलेन्स हस्तान्तरण पनि गरिएको थियो ।
कलाकार एवम नायक दिपक राज गिरी, दिपाश्री निरौला, किरण केसी, केदार घिमिरे लगायत छक्का पन्जा टिमले संयुक्तरुपमा एम्बुलेसको चाबी उर्गेन बचत तथा ऋण सहकारी संस्थालाई हस्तान्तरण गरिएको थियो ।

तस्बिर – शिव सत्याल / सुदिप पोखरेल  

“छक्का पन्जा २” को गीत हेर्न यहाँ क्लिक गर्नु होला !