एकै परिवारका चार जनाले आत्महत्या गर्नुको प्रारम्भिक कारण यस्तो रैछ…

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

बनेपा, ७  साउन । काभ्रेपलाञ्चोकको बनेपामा  एकै परिवारका चार जनाले आत्महत्या गरेका छन् । बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

आत्महत्या गरेका बुबा, आमा, छोरा र छोरी हुन् । आफन्तका अनुसार छोरीको बिहेका विषयमा विवाद हुँदा सो घटना भएको थियो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । भित्रबाट ताल्चा लगाएर उनीहरुले विष सेवन गरी आत्महत्या गरेको बताइएको छ ।