केएल दुगड ग्रुपको खाद्यान्न गोदाममा भीषण आगलागी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

नेपालगन्ज, ७ साउन । बाँके जिल्लाको भुजई गाउँस्थित केएल दुगड ग्रुपको खाद्यान्न गोदाममा आज भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईकाअनुसार अपराह्न ४.३० बजे लागेको आगो साँझसम्म नियन्त्रणमा आउन सकेको छैन । गोदाममा गहँु, सोयाबिनको तेल र घ्यू रहेको जनाइएको छ । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको चारवटा दमकल, प्रहरी टोली र स्थानीयद्वारा आगलागी नियन्त्रणमा ल्याउने प्रयास भइरहेको जनाइएको छ ।