सोमबार मन्त्रीपरिषद विस्तार हुने, ढिलाई हुँदा आफूलाई लाज लागेको दाहालको प्रतिक्रिया

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,८ साउन । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार मन्त्रीपरिषद विस्तार हुने बताएका छन । अध्यक्ष दाहालले अझै मन्त्रीपरिषद विस्तार हुन नसकेकोमा आफूलाई लाज लागेको प्रतिक्रिया पनि दिए । आईतबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले मन्त्रीपरिषद विस्तारका लागि आफूले पटक–पटक प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको पनि बताए ।

अध्यक्ष दाहालले मन्त्रीपरिषद विस्तारकै विषयमा आईतबार विहान पनि प्रधानमन्त्री देउवासँग आफूले भेट गरेको जानकारी दिए । प्रधानमन्त्री देउवाले पार्टी भित्रको विवाद मिलाउन नसक्दा गत ४ गते पनि मन्त्रीपरिषद विस्तार गर्न सक्नु भएको थिएन । अध्यक्ष दाहालले आफनो पार्टीको तर्फबाट मन्त्री हुनेहरुको लिष्ट भने तयार भएको पनि स्पष्ट पारे।

सरकार गठन भएको डेढ महिना बढि भईसक्दा पनि मन्त्रीपरिषद विस्तार गर्न नसकेकोमा प्रधानमन्त्री देउवाको आलोचना हुँदै अएको छ । काँग्रेसलाई १३ र माओवादी केन्द्रलाई ९ वटा मन्त्रालय दिने दुर्इं दलबीच समझदारी छ ।