लुम्विनीलाई अन्तराष्ट्रिय बौद्ध अध्ययण केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता प्रधानमन्त्री देउवाको प्रतिवद्धता

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,९ साउन ।प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धको जन्मस्थल लुम्विनीलाई अन्तराष्ट्रिय बौद्ध अध्ययण केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन। लुम्विनी बौद्ध विश्वविद्यालयका कुलपति समेत रहनु भएका प्रधानमन्त्री देउवाले लुम्विनी बौद्ध विश्वविश्वविद्यालयको स्थापनाको उद्देश्य पनि लुम्विनीलाई विश्वभर बुद्धिष्टहरुको अध्ययण केन्द्रको थलो बनाउनु रहेको पनि स्पष्ट पारे । सोमबार काठमाडौंमा आयोजित लुम्विनी बौद्ध विश्वविद्यालयको ८ औं विश्वविद्यालय सभालाई सम्बोधन गर्दै उहाँले बुद्ध नेपालको मात्र नभई विश्वकै ज्योति भएको पनि स्मरण गराए ।

प्रधानमन्त्री देउवाले बुद्धसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकास हुनेगरी पाठयक्रम निर्माण गर्न पनि लुम्विनी बौद्ध विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिए  । उनले विश्वविद्यालयको पूर्वाधार निर्माणको काम तीव्र गतिका साथ अघि बढेकोमा खुसी पनि व्यक्त गरे ।