मन्त्रिपरिषद् विस्तारमा ढिलाई ,काँग्रेस नेता डा महत भन्छन,- केन्द्रीय समिति बैठक लगत्तै विस्तार हुन्छ

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, ९ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रिय समिति बैठकमा व्यस्त हुनु परेकोले सरकार बिस्तारमा ढिलाई भएको उनले बताए ।प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको आन्तरिक गृहकार्य सक्नुभएको र पार्टीको जारी केन्द्रीय समिति बैठक सकिनासाथ नेपाली काँग्रेस र अन्य दलहरुलाई मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारीमा रहेको डा महतले जानकारी दिए।

नेता डा महतले हाल सञ्चारमा आएजस्तो कुनै आन्तरिक या अन्य विवादका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नभएको पनि स्पष्ट पारे ।
केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेकोले बैठक आजै वा भोलिसम्ममा सकिने पनि उनले जानकारी दिए। रासस