प्रा डा.केसीले सुरु गरे ११ औ अनसन, आइओएमद्धारा आजै चार सहायक डिन नियुक्त

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाण्डौ,९ साउन ।चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीले एघारौँ आमरण अनशन सुरु गरेका छन । प्रा डा केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डिन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै अनशन सुरु गरेका हुन । शिक्षण अस्पताल महाराजगञ्जको गणेशमानसिंह भवनमा अनशन सुरु गर्नुभएका प्रा डा केसीले सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन गर्न असार ३१ गतेसम्मको समयावधि दिएका थिए।
पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा डा केसीका माग सम्बोधन गर्ने वातावरण मिलाउन आज त्रिवि उपकुलपति र डा केसी पक्षबीच वार्ता भएको बताइएको छ । बिहान भएको छलफलमा त्रिवि उपकुलपति तीर्थ खनिया र डा केसी पक्षबीच वार्ता भए पनि सन्तोषजनक कुरा नभएको डा केसीका सहयोगी डा जीवन क्षेत्रीले बताए ।

dimand

यसैबीच,आजै डा केसीको माग सम्बोधन गर्दै आइओएमले एक वर्षदेखि रिक्त सहायक डिन नियुक्त गरेको छ । प्रा डा राजेन्द्रप्रसाद गुरागाईं, प्रा डा द्वारिकाप्रसाद श्रेष्ठ, प्रा डा मधु देवकोटा दीक्षित र प्रा डा मन्दिरा वन्तलाई सहायक डिनमा नियुक्त गरिएको हो । यस्तै महाराजगन्ज मेडिकल कलेजका प्रमुखमा प्रा डा प्रतापनारायण प्रसादलाई नियुक्त गरेको आइओएमले जनाएको छ । डा क्षेत्रीले आफूलाई यस विषयमा जानकारी नभएको बताए।