स्क्रब टाइफसको संक्रमणबाट चारको मृत्यु ,रोग पत्ता लगाउन गरिने ल्याब परीक्षणको किट अभाव

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

चितवन, १० साउन । स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चारजनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ जनाको रगत परीक्षण गर्दा ५०९ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको र तीमध्ये चारजनाको मृत्यु भएको छ ।

आव २०७३÷७४ को कात्तिक महिनामा तीनजना र भदौ महिनामा एकजनाको स्क्रब टाइफसका कारण मृत्यु भएको उहाँले बताउनुभयो । मृत्यु हुनेमध्ये तीनजना चितवनका र एकजना तनहुँका थिए । गत असार महिनामा मात्रै १३७ जनाको रगत परीक्षण गर्दा पाँचजनामा यो रोगको संक्रमण देखिएको थियो भने अघिल्लो वर्षको सोहि अवधिमा ३१ जनामा यसको संक्रमण देखिएको थियो ।

आव २०७२÷७३ मा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको थियो । साउन महिना लागेपछि संक्रमण बढ्दो छ । गत एक सातामा १३ जनामा रोगको संक्रमण देखिएको केसीले बताए  । भरतपुर अस्पतालमा आठजना, नारायणी सामुदायिकमा चारजना र बकुलहर अस्पतालमा एकजनामा संक्रमण देखिएको हो । ती अस्पतालमा ५४ जनाको रगत परीक्षण गरिएको थियो ।

यसैबीच जिल्लामा स्क्रब टाइफस रोग पत्ता लगाउन गरिने ल्याब परीक्षणको किट अभाव भएको छ । केसीका अनुसार थप किटका लागि विभागमा पत्राचार गरिएको छ । रासस