चर्चामा योगेन्द्र

NewsBankNepal Entertainment/मनोरञ्जन , Latest Update , ७ वर्ष अगाडि

काठमाडौं । युवा संगितकर्मी योगेन्द्र उपाध्याय पछिल्लो समय संगीत सृजनामा अझै ब्यस्त हुन थालेका छन् । केही दिन पहिले उनले संगीतकार आभाषका केही गितमा स्वर दिएका छन् भने उनकै शब्द र संगीतमा रहेको एक गितको भिडियो अहिले यू ट्युबमा चर्चामा रहेको छ ।

गायक यमन भारद्वाजको स्वरमा रहेको ‘ म मा तिमी ‘ बोलको गीत हालै युट्युब मार्फत रिलिज भएको हो । गीतमा गायिका मेलिना राईले पनी यमनलाई साथ दीएकी छिन ।

रेड़ियो नेपाल द्वारा आयोजित राष्ट्रब्यापी आधुनिक गीत प्रतियोगितामा संगीत र गायनमा गरि ३ पटक सम्म पुरस्कृत र १७ औं इमेज अवार्ड प्राप्त गरिसकेका गायक तथा संगीतकार योगेन्द्र उपाध्याय एक कुशल संगीत प्रशिक्षक पनि हुन्।

02

उक्त सार्वजनिक भिडियोमा नेपालकी पहिलो मुश्लिम नायिका तथा मोडल ओशिमा बानु र चर्चित भिजे श्रीजल रुपाखेतीको फिचरिङ रहेको छ । राहुल प्रधानको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन समेत राहुल प्रधानले नै गरेका छन् । लुजा शिंहले खिचेको उक्त भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियो हेर्नुस्-