राप्रपा भक्तपुरमा विवाद चर्कियो

arjun News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

भक्तपुर, १२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरमा दुई पक्षबीचको विवाद कै कारण जिल्ला अध्यक्ष दिनेश श्रेष्ठको राजीनामा माग गर्नेलाई पार्टीबाट निष्कासन गरेपछि थप विवाद चर्किएको छ । स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेका कारण पार्टीले जिल्लामा हार व्यहोर्नु परेको आरोप खेप्दै आउनु भएका जिल्ला अध्यक्ष श्रेष्ठको राजीनामा माग गरेपछि उनले जिल्ला सदस्यदेखि केन्द्रीय सदस्यसमेतलाई कारबाही गरेका हुन्  । जिल्ला समितिको बैठकले जिल्ला सदस्य माधव खत्री, चाँगुनारायण नगर समिति सदस्य रामशरण लामिछाने र भक्तपुर नगरसमिति अध्यक्ष राजेन्द्र लाखालाई पार्टीबाट निष्कासन गरिएको जिल्ला सचिव मुकुन्द कार्कीले जानकारी दिए  ।

त्यसैगरी, केन्द्रीय सदस्यद्वय रवीन्द्रप्रताप शाह र यवती कार्की तथा केशवप्रसाद अधिकारी र लवकुमार कार्कीलाई कारबाही गर्ने जिम्मेवारी भने केही दिनअघि मात्रै केन्द्रीय सदस्यमा मनोनित भएका सानुकाजी हेक्का, सुरेन्द्र केसी र रामेश्वर थापालाई जिम्मेवारी दिएको उनले जानकारी दिए  । भक्तपुरमा अध्यक्ष श्रेष्ठ पार्टी अध्यक्ष कमल थापा समूहका र कारबाहीमा पर्नेहरु नेता पशुपति शमशेर राणा पक्षधर हुन् ।