बौद्ध धार्मिक स्थलहरुको संरक्षण र संवद्र्धन हुन नसकेकोमा राष्ट्रपतिको चिन्ता

arjun MainNews/प्रमुख समाचार , News/समाचार , Others/अन्य , Photo Gallery , ७ वर्ष अगाडि

काठमाण्डौ,१२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्ध धार्मिक स्थलहरुको पहिचान, संरक्षण र संवद्र्धन हुन नसकेकोमा चिन्ता व्यक्त गरेकी छिन । राष्ट्रपति भण्डारीले बुद्धको शान्ति, सत्य र अहिंसाको दर्शन संसारभर फैल्याई पर्यटक भित्रयाउन सके मुलुक छिट्टै समृद्ध हुने पनि स्पष्ट पार्नु भयो । आज काठमाडांैंमा आयोजित बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गरेका धर्मगुरुहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले बौद्ध संस्कृति मुलुकको अनुपम धरोहर रहेको उल्लेख गर्दै त्यसको संरक्षण र संवद्र्धनमा सबैले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए।राष्ट्रपति भण्डारीले बौद्ध धर्मगुरुहरुले गुम्बा तथा विहारहरुको संवद्र्धन र संरक्षणमा पु¥याउनु भएको योगदानको पनि खुलेर प्रशंशा गरिन ।