काठमाडौँ, १२ साउन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले व्यवस्थापिका–संसद्मा दर्ता संविधान संशोधन प्रस्ताव प्रक्रिया अघि बढाइने बताए । नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यसँग आज आफ्नो निवास महाराजगञ्जमा कुरा गर्र्दै उनले संशोधन प्रस्ताव पारित भए या नभए पनि प्रक्रिया अघि बढाउने धारणा व्यक्त गरे ।
महामन्त्रीे डा कोइरालाले भने , “पार्टी केन्द्रीय समितिका अधिकांश सदस्यको धारणा पनि प्रक्रिया अघि बढाउनुपर्छ भन्ने हो, संशोधन प्रस्ताव पारित गर्न अघि बढाउन हरसम्भव प्रयत्न गर्छाैं ।” उनले बताए , “मधेस केन्द्रित दलले संशोधन प्रस्ताव पारित गर्नैपर्ने माग गरेकामा त्यसमा हाम्रो पूर्ण प्रयत्न रहन्छ तर सबै हाम्रो हातमा छैन ।” पार्टीभित्र भागबण्डाको प्रवृत्ति बढ्दै गएको हो, भन्ने सञ्चारकर्मीको जिज्ञासामा महामन्त्रीे डा कोइरालाले त्यसमा भागबण्डा नभई सबैलाई मिलाउन गरिएको सहमतिको प्रयास हो भने । राजनीतिक भागबण्डाको संस्कृतिलाई अन्त्य गर्न आफ्नो प्रयास सदैव जारी रहने डा.कोइरालको भनाइ थियो ।