स्वाइन फ्लुबाट एकको मृत्यु, सचेत रहन स्वास्थ्यकर्मीको आग्रह

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

वालिङ, १२ साउन । स्वाइन फ्लुका कारण स्याङ्जाको वालिङमा एकजनाको मृत्यु भएको पुष्टि भएको छ । उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको गत सोमबार मृत्यु भएको हो । “अर्यालको मृत्यु स्वाइन फ्लुका कारण भएको पुष्टि सरुवा रोग नियन्त्रण महाशाखाबाट हामीलाई प्राप्त भएको छ”, वालिङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन तथा सञ्चालक समितिका संयोजक दिलीपप्रताप खाँणले भने , “वालिङ तथा आसपासका क्षेत्रमा स्वाइन फ्लुको प्रकोप हुन सक्ने भएकाले सचेत भएर रहन स्थानीयवासीलाई आग्रह गरेका छौँ ।” अर्यालको मृत्युसँगै अहिले वालिङ तथा आसपास बासिन्दा स्वाइन फ्लुका कारण त्रस्त छन् ।

स्वाइन फ्लुको नमूना परीक्षणका लागि काठमाडौंबाट भोलि शुक्रबार एक टोली वालिङ आउँदै छ भने आवश्यक औषसध आज आइसकेको छ स्वास्थ्य केन्द्रले सामान्य औषधि दिएर उपचारका लागि पोखरा पठाइएका अर्याल पोखराबाट ग्राण्डी अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल लगेकामा त्यही उनको दुई दिनपछि मृत्यु भएको थियो ।