हाेशियार ! फैलँदै छ हेपाटाइटिस ‘डी’

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, १२ साउन । हेपाटाइटिस ‘डी’ को संक्रमण बढिरहेको छ । अन्य हेपाटाइटिसभन्दा ‘डी’बाट बढी संक्रमित भइरहेको तर यसबारे धेरैले ध्यान नदिएकाले यसबारे विषयमा बहस गर्नुपर्ने समय आएको शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “पछिल्लो समय हरेक दिनजसो टेकु अस्पतालमा हेपाटाइटिस ‘डी’का संक्रमित आउने गरेका छन्, यौनसम्पर्क र रगतका माध्यमबाट हुने यस रोबारे धेरै व्यक्ति अनभिज्ञ भएकाले उपचारमा पनि निकै कम आउने गरेका छन् ।” आज विश्व हेपाटाइसिटस दिवस मनाइँदैछ ।
सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने व्यक्तिले रगत जाँच गराउँदा ‘डी’को संक्रमण भेटिएको डा पुनको भनाइ छ । सुत्केरीको रगत जाँच गर्दा र रक्तदानलगायत नर्स पनि यसको उच्च जोखिममा रहेको छ । सामान्यतया वाकवाक लाग्ने, खानमा रुचि नहुने, आँखा र पिसाब पहेँलो हुने, दाँया कोखामा अप्ठेरो हुने लगायत लक्षण देखापर्दा धेरैले ग्यास्ट्रिकको शंका गर्ने भएकाले पनि यसको उपचारमा नजाने चिकित्सक बताउँछन् ।रासस