दम्पती झुण्डिएको अवस्थामा फेला

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

बनेपा, १३ साउन । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित बडालगाउँमा बिहीबार एक दम्पती झुण्डिएको अवस्थामा फेला परेका छन् । बत्तीस वर्षिय भैरब भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती १८ वर्षीया मनिषा दाहाल घरबाट ५०० मिटर टाढाको एउटा रूखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए  । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दाहालसँग बडालको केही महिनाअघि मात्रै विवाह भएको थियो भने उनकी जेठी श्रीमती पनि थिइन् ।