सरकारमा सहभागी नहुने राप्रपाको घोषणा

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,१३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी नहुने घोषणा गरेको छ ।शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको हो । मन्त्रीपरिषद विस्तारमा प्रधानमन्त्री देउवाले बेवास्ता गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी नहुने घोषणा गर्दै पार्टीको तर्फबाट गठन गरिएको वार्ता टोलीसमेत विघटन गरेको छ । संविधान संशोधन गरी मुलुकलाई निकास दिन काँग्रेस नेतृत्वको सरकार गम्भिर नभएकाले सरकारमा सहभागी नहुने निर्णय लिइएको पार्टीका महामन्त्री राजेन्द्र लिङदेनले जानकारी दिए ।पार्टीले प्रदेश स्तरीय संगठन निर्माणको कामलाई तीव्रता दिने निर्णय पनि गरेको छ । आसन्न निर्वाचनमा केन्द्रित हुने गरी पार्टीको संगठन विस्तारको कामलाई तीव्रता दिने निर्णय पनि गरिएको महामन्त्री लिङदेनले बताए ।