आज सातौँ विश्व बाघ दिवस मनाइँदै

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, १४  साउन । आज  सातौँ विश्व बाघ दिवस मनाइदै छ  । ‘स्वच्छ पर्यावरण बाघको संरक्षणका लागि’ भन्ने मूलनाराका साथ सातौँ विश्व बाघ दिवस मनाउन लागिएको हो । सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा रुसको सेन्ट पिटर्सवर्गमा विश्वका बाघ पाइने १३ राष्ट्र प्रमुखको सम्मेलनले बाघ दिवस मनाउने निर्णय गरेअनुसार नेपालमा पनि विश्व बाघ दिवस मनाउन लागिएको हो ।

सम्मेलनले सन् २०२० सम्म बाघको संख्या दोब्बर बनाउने निर्णय गरेअनुसार नेपालमा पनि बाघको संरक्षण र संवद्र्धन हुँदै आएको छ । नेपालमा सन् २००९ मा १२१ को संख्यामा रहेका बाघ सन् २०१३ मा १९८ पुगेको थियो । सन् २०१३ मा चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, बाँके राष्ट्रिय निकुञ्जमा चार, पर्सा राष्ट्रिय निकुञ्जमा सात र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७ बाघ रहेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शनिबार बाघ संरक्षणसम्बन्धी विभागको परिसरमा व्यानर अनावरण गर्ने र दिउँसो नेपालमा बाघ संरक्षणसम्बन्धी विज्ञसँग छलफल गर्ने कार्यक्रम राखेको छ ।