सरकारको नीति तथा कार्यक्रमबाट नै भ्रष्टाचार र अनियमितता हुने – सभापति उपाध्याय

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

बनेपा, १४ साउन । सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले सरकारको नीति तथा कार्यक्रमबाट नै भ्रष्टाचार तथा अनियमितता हुने गरेको बताएका छन ।

महालेखा परीक्षकको कार्यालयले धुलिखेलमा आयोजना गरेको ‘सञ्चारकर्मीसँग लेखा परीक्षण’ विषयक अभिमुखीकरणमा उनले भने, “नीति तथा कार्यक्रमबाट कुनै पनि नियतको कुरा प्रमाणित भएर आउँदैन ।” सभापति उपाध्यायले सरकारको पुँजिगत खर्च कम हुनुमा बजेट त्यसको कारकतत्व भएको उल्लेख गर्दै सरकारको लोकप्रियताका नाममा अनियमितता बढेको बताए। उनले बजेट सम्बद्घ प्रक्रियाबाटै अनियमितता हुने गरेको भन्दै नीतिगत भ्रष्टाचार अन्त्य सबैको साझा विषय भएको बताए। महालेखा परीक्षक टंकमणि शर्माले आन्तरिक लेखा परीक्षण नभए कर्मचारीको सरुवा तथा वढुवामा रोक लगाइएको उल्लेख गर्दै सार्वजनिक रुपमा जवाफदेही र जिम्मेवार बनाउन लेखा परीक्षण आवश्यक भएको बताए ।