काठमाडौँ १६ साउन – नेपाली शैन्य क्षेत्रमा मेजर सृष्टि खड्काले नयाँ इतिहास कायम गरेकी छिन् । १२ बर्षअघि नेपाली सेनामा प्रवेश गरेकी खड्का पहिलो महिला गुल्मपति बनेर नेपाली शैन्य क्षेत्रमा नयाँ इतिहास बनाएकी हुन् । २०६२ साल माघ १७ गते नेपाली सेनाको अधिकृत क्याडरमा प्रबेश गरेकी खड्काले गत साउन १ गतेदेखि गोरखकाली गुल्मको जिम्मेवारी सम्मालेकी छिन् ।
उपत्यका पृतनाभित्र सेनाले महिला सैनिकका लागि छुट्टै गोरखकाली गुल्मखडा गरेको छ । गुल्मको प्रमुख पनि महिलालाई नै बनाएको छ । गुल्मपति हुन स्टाफ कलेज पास गर्नुपर्ने कानुनी ब्यवस्था छ । तर महिलाको हकमा भने उक्त ब्यवस्थालाई अनिवार्य नगरिएको सैन्य प्रवक्ता झंकरबहादुर कडायतले जानकारी दिए ।
उनले यसअघि सेनाको मनौबैज्ञानिक शाखा, सुदुरपश्चिम पृतना हेडक्वाटर, राष्ट्रिय सेवा दलमा बसेर काम गरिसकेकी छिन् भने शान्ति स्थापर्ना सुडानमा खट्टिने टोलीको नेतृत्व समेत गरिसकेकी छिन् ।