सर्वोच्च अदालतको फैसलाले फेरी तात्यो भरतपुर १९ , कति छन् मतदाता, अब कति खस्ला मत ?

arjun Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ १७ साउन – फेरी एक पटक मूलुकको ध्यान चितवनको भरतपुर महानगरमा केन्द्रित भएको छ । सुप्रिम कोर्टले झण्डै तीन महिनापछि भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि यतिबेला सबैको चासोको केन्द्र बनेको छ वडा नं. १९ । दलीय सक्रियता फेरी बढेको छ । मतदातालाई प्रभाबित पार्ने दलहरुले औपचारिक अनौपचारिक रुपमा अभियान शुरु गरिसकेका छन् ।

कति छन् मतदाता, कति खस्ला मत ?

वडा नम्बर १९ मा कति छन् मतदाता कति खस्ला मत भन्ने सर्वत्र चासोको बिषय बनेको छ । अब खस्ने मतले एमाले र माओवादी कांग्रेसबीचको गठबन्धनको हारजीतको फैसला हुने छ । यसअघि वैशाख ३१ मा भएको मतदानमा यस वडामा २ हजार ८ सय ९७ मत खसेको थियो अबको निर्वाचनमा कति मत खस्ला भन्ने धेरैको जिज्ञासा बनेको यही सवालमा सबैको ध्यान केन्द्रित छ । निर्वाचनको आयोगको पछिल्लो अध्यावधिक मतदाता नामावली अनुसार यस वडामा कुल ३ हजार ७ सय ७७ जना मतदाता रहेका छन् । किरण माबि करिणगञ्ज केन्द्रमा १ हजार २ सय २८, जीवनज्योति राष्ट्रिय आधारभूत बिद्यालय, पूर्वगुञ्जनगरमा १ हजार ३ सय ६ र सारदा माबि सारदा नगरबजार केन्द्रका १ हजार २ सय ४३ जना मतदाता रहेका छन् ।  निर्वाचनको आयोगको पछिल्लो अध्यावधिक मतदाता नामावली अनुसार यस वडामा कुल ३ हजार ७ सय ९७ जना मतदाता रहेका छन् । झण्डै चार हजार मतदाता रहेको भतपुर–१९ मा अब यसअघिको जत्तिकै मत आउला भन्न सकिने अवस्था छैन । तर प्रतिष्ठाको हार जितको सवाल भएकाले दलहरुले बढीभन्दा बढी मत खसाल्न सामदाम दण्ड भेद सबै उपाउ अपनाउनेमा कुनै दुइमत छैन । हुन त पहिलो चरणमा जति उत्साह थियो त्यस्तो अवस्था नहुन पनि सक्छ । किनकी सबै दलले यही वडामा बढी ध्यान लगाउने छन् । मतदाताहरुलाई प्रभाबित पार्न कुनै हर्कत बाँकी नराख्ने यसै पनि अनुमान लगाउन सकिन्छ ।

Election-vote-2074-3

पहिलो चरणको चुनाबमा यस वडामा खसेको मत मध्य कुल एक हजार ८ सय ९ मत गणना भई सकेको थियो । मतगणनाको सो अबस्थामा नेकपा एमालेका देबी ज्ञवाली जितको नजिक थिए । भने कांग्रेस माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री प्रचण्डकी छोरीको लगभग हार निश्चित भैसकेको थियो । ७ सय बढी मतले एमालेका उम्मेदवारले अग्रता कायम गरेका थिए ।

मतपत्र च्यात्नु अघिसम्म मत गणनाको स्थिति

मेयर
नेकपा एमाले : देवी ज्ञवाली — ४१६४१ मत
माओवादी केन्द्ररकांग्रेस प्यानल : रेणु दाहाल — ४०९०८ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी : बद्री तिमिल्सिना — ६६७५ मत

उपमेयर
नेपाली कांग्रेस : पार्वती शाह — ४४९३५ मत
नेकपा एमाले : दिव्य आचार्य — ३८२५२ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी : रिना गुरुङ — ७०८५ मत

तर जेठ १४ गते मध्यरातमा माओवादीका प्रतिनिधिहरुले मतपत्र च्यातेपछि राजनीतिक बिबाद उत्कर्षमा पुगेको हो । सो बिबाद निर्वाचन आयोग हुँदै सर्वोच्च सम्म पुगेको थियो । लामो समय लगाएर गरिएको बहस पछि आइतकार सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै भरतपुर १९ मा पुनः मतदान गर्न आदेश दिएपछि भरतपुर काण्ड फेरी चुनाबमा गएर किनारा लागेको छ ।

bharatpur

सोमबार आज सर्वदलीय बैठक बसेर पुन मतदानको मिति तोकिदै छ । हिजो निर्वाचन आयोगले एक प्रेस बिज्ञीप्ती जारी गर्दै पुन मतदानको मिति तोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।