दिगो आर्थिक विकास सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री देउवा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,१९ साउन ।प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले दिगो आर्थिक विकासलाई उच्च प्राथमिकता दिएको बताएका छन । प्रधानमन्त्री देउवाले सामाजिक न्यायसहितको दीगो आर्थिक विकासमा केन्द्रित हुन उद्योगी÷व्यवसायीहरुसँग पनि आग्रह गरे । विहिबारबाट काठमाडौंमा सुरु भएको ‘जिम्मेवार व्यवसाय सम्मेलन’ को उदघाटन गर्दै उनले सामाजिक न्यायहितको आर्थिक विकास गरी मुलुकमा गरिवी हटाउन सरकार लागि परेको पनि स्पष्ट पार्नु भयो । उहाँले आर्थिक विकासका लागि सरकारले बैदेशिक लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको पनि स्मरण गराए ।

प्रधानमन्त्री देउवाले मुलुकमा दिगो आर्थिक विकास गर्न निजी क्षेत्र जिम्मेवार बन्ने विश्वास पनि व्यक्त गरे । दुई दिनसम्म चल्ने सम्मेलनमा सामाजिक उतरदायित्व र व्यवसायिक आचरणको विविध विषयमा छलफल हुने बताइएको छ ।