पशुपति क्याम्पसमा तालाबन्दी

arjun Latest Update , MainNews/प्रमुख समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, १९ साउन । चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा शैक्षिक सुधारको माग गदै विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । नेकपा (एमाले) निकट अनेरास्ववियुले क्याम्पस प्रमुख र अनुगमन समितिको कार्यकक्षमा ताला लगाएको हो । क्याम्पस प्रमुखको कोठामा यही साउन १२ र अनुगमन समितिको कार्यकक्षमा आजदेखि ताला लगाइएको अखिलका क्याम्पस इकाई अध्यक्ष उत्तर खड्काले जानकारी दिए  ।

आफूहरुसँग गरिएको सहमति कार्यान्वयन नगरेपछि ताला लगाइएको खड्काले बताए  । क्याम्पसमा प्राथमिक उपचार हुनुपर्ने, आन्तरिक परीक्षालाई व्यवस्थित बनाइनुपर्ने, पुस्तकालयमा पर्याप्त मात्रामा पुस्तक हुनुपर्ने, आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गरिनुपर्ने, प्रशासनिक काम बिहान र बेलुका हुनुपर्ने लगायतका माग राखी ताला लगाइएको उनले बताए  । सहायक क्याम्पस प्रमुख कल्याण दाहालले माग जायज भएकाले क्याम्पसले पूरा गर्न प्रयास गरिरहेको बताए  ।