प्रदेश नं २ काँग्रेसको भोट बैंक : महामन्त्री कोइराला

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

गौशाला, १९ साउन । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश नं २ नेपाली काँग्रेसको भोट बैंक रहेको बताएका  छन्  । बर्दिवासस्थित नेपाली काँग्रेस पार्टी कार्यालयले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसले सधैँ प्रदेश नं २ मा बढी सिट ल्याएर चुनाव जित्दै आएकाले यो प्रदेश भोट बैंकको रुपमा रहेको चर्चा गरे

महामन्त्री कोइरालाले २ नं प्रदेशबाहेक अन्य प्रदेशमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घातका कारण काँग्रेस पछि परेको आरोप लगाए  । उनले  सबै वर्ग जाति र समुदायका साथै आन्दोलनरत पक्षका संविधान संशोधनलगायतका माग काँग्रेसले नै पूरा गर्ने भएकाले यस प्रदेशमा स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो दललाई पूर्ण बहुमतका साथ जिताउन आग्रह गरे  । रासस