जग्गा खरिद प्रकरणमा कुनै अनियमितता भएको छैनः निगम

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, १९ साउन । जग्गा खरिद प्रकरणमा कुनै अनियमितता नभएको भन्दै नेपाल आयल निगमले विभिन्न सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित समाचारप्रति आपत्ति जनाएको छ । निगमले यहाँ आज पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थको भण्डारणका लागि झापा, सर्लाही, चितवन र रुपन्देहीमा गरिएको जग्गा खरिद प्रक्रियामा घोटाला भएको भनी संसदीय समितिले आशंका गर्नु र समाचार बाहिर आउनुमा कुनै सत्यता नभएको जिकिर गरेको छ ।

सम्मेलनमा निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जग्गा खरिद गर्ने निर्णय विधिसम्मत भएको र खरिदका क्रममा कुनै पनि अनियमितता नभएको बताए । निगमले जग्गा खरिदको विषयमा संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरू गरिसकेका सन्दर्भमा त्यसबारे अड्कलबाजी नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेको छ ।