आफूलाई हराउन अरवौं रुपैयाँ राज्यकोषबाट खर्च गरिएको ज्ञवालीको दावी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

चितवन,२० साउन । भरतपुर महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले सिंगो राज्यसत्ता आफूविरुद्ध खनिएको आरोप लगाएका छन। ज्ञवालीले आफूलाई हराउन अरवौं रुपैयाँ राज्यकोषबाट खर्च गरिएको दावी पनि गरे । वडा नम्बर १९ को मतदान स्थलमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले गएराति १ बजे आफ्ना प्रतिद्धन्दी रेणु दाहालले प्रहरीको सुरक्षामै रकम बाँडेको भन्दै आपत्ति पनि जनाए ।ज्ञवालीले मतदाताले मतपत्र च्यात्नेलाई मतदानबाटै दण्डित गर्ने विश्वास व्यक्त गरे । उनले आम मतदाताले मतपत्र च्यातेर जनताको मन च्यातेको टिप्पणी पनि गरे ।