पार्टी एकताको ६ महिना नबित्दै राप्रपा तीन समूहमा विभाजित, पशुपति शम्शेर राणाले खोले छुट्ै दल

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,२३ साउन । पार्टी एकताको ६ महिना नबित्दै कमल थापा नेतृत्वको राप्रपामा ती समूहमा विभाजन भएको छ । राणाले अर्काे पार्टी खोले सँगै पार्टी तीन टुक्रामा विभाजन भएको हो । करिव दुई महिना अघि नै अर्का नेता डा प्रकाशचन्द्र लोहनीले राप्रपाको नाममा अर्काे दल खोलेका थिए ।असन्तुष्ट नेता पशुपति शमशेर राणाले आइतबार साँझ निर्वाचन आयोगमा ‘राप्रपा प्रजातान्तिक’ पार्टी निर्माणका लागि निवेदन दिएका छन् ।

नयाँ पार्टी दर्ताका लागि निवेदन दर्ता गराउन राप्रपाका नेताहरु सुनील थापा, विक्रम पाण्डे, दीपक बोहरा, राजाराम श्रेष्ठसहित सहितका नेताहरु आयोग पुगेका थिए । निवेदनमा नयाँ पार्टी गठनका लागि चाहिने ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दाबी गरिएको छ । निर्वाचन आयोगको दल दर्तासम्बन्धी ऐन अनुसार पार्टी विभाजन गरेर नयाँ पार्टी खोल्नका लागि कुल केन्द्रीय समितिको ४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत नै सांसद आवश्यक पर्छ ।