राजपाले अब चुनावमा भाग लिने–अध्यक्ष यादव

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

पाँचथर, २३ साउन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा अब प्रदेश नम्बर २ मा हुने चुनावमा भाग लिने बताएका छन्  ।पाँचथरको फिदिममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यादवले  भने  ‘‘जित्ने हार्ने भन्दा पनि चुनावमा भाग लिनु नै राजपाका लागि जित हो ।’’ सरकारले २ नम्बर प्रदेशको चुनाव दोस्रो चरणमै गराउनुपर्ने तर सोही समयमा निर्वाचन नगरेर गलत गरको उनले आरोप लगाए  ।

अध्यक्ष यादवले प्रादेशिक संरचनामा अहिलेको ७ वटा प्रदेशले शान्ति र स्थिरता कायम गर्न नसक्ने बताए  । अब छुटेका विषयलाई संशोधनको माध्यमबाट सम्बोधन गर्नुपर्नेमा उनको जोड थियो । यस्तै उनले नयाँ शक्ति पाटीसँग एकीकरण गर्ने प्रयास जारी नै रहेका निकट भविष्यमा दुई पार्टीबीच एकता हुने सम्भावना औँल्याए  । रासस