काठमाडौँ, २४ साउन । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बसिरहेको छ । प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रोचरणको निर्वाचनका बारेमा छलफल गर्न बैठक बोलाइएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा वर्तमान मुलुकको समसामयिक राजनीतिक घटना क्रमको बारेमा समेत छलफल हुने पौडेलले बताए । बैठकमा सम्पूर्ण केन्द्रीय कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको छ ।