काठमाडौँ, २३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गनर् भएका छन।
मन्त्रालयको तत्कालीन कार्ययोजना सार्वजनिक गर्ने क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्रीको भारत भ्रमणको मिति करिब तय भइसकेको बताउँदै भ्रमणका कार्यसूचीका बारेमा छलफल भइरहेको जानकारी दिए ।
सञ्चारकर्मीका जिज्ञासामा उपप्रधानमन्त्री महराले दुई ठूला छिमेकी चीन र भारतबीचको सम्बन्ध शान्तिपूर्ण, कूटनीति र वार्ताका माध्यमले सुमधुर रहिरहोस् भन्ने नेपालको स्पष्ट नीति रहेको पनि बताए । प्रधानमन्त्री देउवाको भारत भ्रमणअघि चीनका उपप्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय चिनियाँ प्रतिनिधमण्डलको नेपाल भ्रमण हुने र सो भ्रमण नेपालको भूकम्पपछिको पुनःनिर्माणमा केन्द्रित हुने उनको भनाइ थियो ।