सहज आपूर्ति र गुणस्तर कायम गर्न आपूर्तिमन्त्रीको निर्देशन

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

विराटनगर,२५ साउन । आपूर्तिमन्त्री शिवकुमार मण्डलले तत्काल बन्द हडताल जस्ता विरोधका कार्यक्रम नगर्न पेट्रोलियम डिलर्स एसोसिएसनलाई आग्रह गर्नु भएकोे छ । साथै अत्यावश्यकीय वस्तुको सहज आपूर्ति र गुणस्तर कायम गर्न निर्देशन दिएका छन।विराटनगरमा रहेको नेपाल आयल निगमको कञ्चनबारी डिपो, नेपाल खाद्य संस्थानको अञ्चल कार्यालय र साल्ट ट्रेडिङ्ग कर्पोरेसनको अञ्चल कार्यालयको आज अनुगमनपछि उनले मन्त्रालय अन्तर्गतका संस्थानका डिपो तथा कार्यालयलाई जनतालाई सुविस्ता हुने गरी काम गर्न निर्देशन दिएका हुन ।अनुगमनका क्रममा उनले गलत काम गर्नेलाई कुनै पनि हालतमा कारबाही गर्ने दृढता व्यक्त गरे । राम्रो काम गर्दा केही समस्या आए त्यसको नैतिक जिम्मेवारी पनि आफूले लिने वचनबद्धता प्रकट पारे । आयल निगमको विराटनगर डिपो स्तरोन्नति गर्ने तयारी मन्त्रालयले गरेको उनले जानकारी दिए ।