काठमाडौँ, २६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीमा आएको बाढीबाट भएको धनजन क्षतिबाट पीडित भएकाहरुलाई तत्काल क्षतिपूर्ति दिन निर्देशन दिए । प्रधानमन्त्रीले आज सप्तरीको स्थानीय प्रशासनलाई बाढीबाट थप धनजनको क्षति हुन नदिन र समयमै व्यवस्थापन गर्न निर्देशन दिएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज सप्तरीमा आएको बाढीका कारण राजविराज नगरपालिका–१५ मा केही घरहरु ढुवानमा परेका छन् । प्रधानमन्त्रीले तराईको उच्च जोखिम भएको क्षेत्रमा सम्भावित बाढीको पूर्वव्यवस्थापन गरेर जोखिमयुक्त वस्ती स्थानान्तरण गर्न पनि निर्देशन दिए । रासस