तेस्रो चरणको चुनावमा फोरम पहिलो पार्टी बन्ने यादवको दाबी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

राजविराज, २७ साउन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा २ नं प्रदेशमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने बताएका छन्  ।

संघीय समाजवादी फोरम नेपाल, सप्तरीद्वारा  राजविराजमा आयोजित चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष  यादवले यस्तो बताए । मधेशी जनताको अधिकार सुनिश्चितताका लागि फोरम नेपाल संघर्षरत रहेको भन्दै फोरम नेपालप्रति मधेशी जनताको विश्वास रहेकाले मधेशको आठ जिल्लामा आफ्नो पार्टी पहिलो बन्ने दाबी  पानी गरे ।

केन्द्रीकृत राज्यसत्ता र शासन सदियौँदेखि विभेद र उत्पीडनमा पारिएका जनतालाई हस्तान्तरण नगरेकाले पटक–पटक चुनाव गराउँदा मधेशमा ठूलो क्षति पुग्ने गरेको आरोपसमेत लगाए  । पार्टीको नीति, सिद्धान्त र विचारका कारण बिखण्डनकारी शक्ति र साम्प्रदायिक सद्भाव भड्काउन चाहने योजनाकार सलबलाउन थालेको परिस्थितिमा हामी एउटै नेपालभित्र मधेश सहितको राज्यको पक्षमा छौँ, उनले भने