काठमाण्डौ,२९ साउन । बिगत तीन दिन देखिको अबिरल बर्षाका कारण मुलुकभर बाढी र पहिरोमा परि मृत्यु हुनेको सख्या ६४ पुगेको छ भने २० जना घाइते भएका छन ।गृहमन्त्रालयका अनुसार बाढि बाट सबै भन्दा बढि सुन्सरी र रौतहटमा मानविय क्षति भएका छ । त्यहा दुई ठाउँमा ८,८ जनाको मृत्यु भएको छ । आज मध्यान्ह सम्म देशभर बाट आएको पछिल्लो बिबरण अनुसार सिन्धुलिमा ४ , बाँकेमा ३, बारामा १, सर्लाहिमा २, मोरडमा ५,धनुषा १, बर्दिया १, झापा ३ र मकवानपुरमा २ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । यस्तै पाचथर १, दाड २, पाल्पा १, कपिल्बस्तु १, सुर्खेत ३, र चितवनमा १ जनाको मृत्यु भएको छ । यस्तै बाढीबाट मुलुकभर गरि ३ हजार ५ सय ६१ जना बिस्थापित भएको पनि गृहमन्त्रालयले जनाएको छ ।
बाढी प्रभावित स्थानमा सरकारले उद्धार तथा राहतका सामग्री पठाइ सकेको जनाएको छ । तराईका अधिकाशं भूभाग जलमग्न भएका कारण उद्धारमा ढिलाई भएकाले मृत्यु हुनेको सख्या बढदै गएको अधिकारीकर्मीहरुले बताएका छन । बिस्थापितहरुको उद्धार गरि राहत सामग्री बितरण गर्ने कार्य भई रहेको र घाइतेहरुको उपचारको ब्यबस्था सबै सरकारले गर्ने बताइएको छ । यतिखेर तराईको अवस्था सबै भन्दा दर्दनाक रहेको छ । मानिसहरु आफु बाच्न कठिन भई रहेको परिस्थितीमा समेत आफना सम्पतीको रुपमा रहेका गाई,बाखा्रलाई सँगै लिएर सुरक्षित स्थान तर्फ लागेको कारुणिक दृष्य देख्न सकिन्छ । तराई क्षेत्र बर्षेनी डुवानको चपेटामा पर्दा पनि सरकारले त्यसको पूर्वतयारी गर्न सकेको छैन । नेपालको भूमिमा रहेको सप्तकोशि नदिनको बाधका ढोका खोल्नका निम्ती भारतको अनुमति पर्खनु पर्ने बाध्यताका कारण पनि सिराह,सप्तरी, धनुषा लगायतका स्थान डुवानमा परेका हन ।