कोशी ब्यारेजका ढोका खोल्न भारत सरकारले दियो यस्तो निर्देशन……..

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, ३०  साउन । भारत सरकारले कोशी व्यारेज लगायत अन्य बाँधको ढोका खोल्न निर्देशन दिएको छ । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतका विदेशमन्त्री सुष्मा स्वराजलाई आइतवार राती टेलिफोन गरि बाधका कारण नेपालको भूभाग डुवानमा परेको बारेमा जानकारी गराए पछि भारत सरकारले बाँधको ढोका खोल्न निर्देशन दिएको हो । नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बिदेशमन्त्री स्वराजले विपद्को यस घडीमा भारत सरकारले सक्दो सहयोग गर्ने बताएको उपप्रधानमन्त्रीका प्रेस तथा जनसम्पर्क संयोजक हरि लामिछाने बताए ।

यसैबीच बाँधका कारण आफनो भूमि डुवानमा पर्ने देखे पछि भारतले गण्डक ब्यारेजका सबै ढोका खोलेको छ । तर सरकारको निर्देशन पछि पनि अझै कोशि ब्यारेजका सबै ढोका खोलिएको छैन । यस बाट पनि भारतीय पक्षको भनाई र गराईमा भिन्नता हुने कुरा प्रष्ट भएको छ।