दस्तखत सनाखतका लागि राणा पक्क्षद्वरा १० दिन समय थप गर्न माग

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, ३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले निर्वाचन आयोगमा सांसद तथा केन्द्रीय सदस्यको दस्ताखत सनाखतका लागि १० दिनको समय थप गर्न माग गरेको छ । पार्टीका अध्यक्ष पशुपतिशंशेर राणाले उक्त व्यवस्थाका लागि माग गर्दै निवेदन दिएको आयोगले जनाएको छ । राणा समूहले गत साउन २२ गते पार्टी विभाजनका लागि सांसद तथा केन्द्रीय सदस्य रहेको दाबी गर्दै आयोगमा हस्ताक्षर बुझाएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभाजनको घोषणा गरेको उक्त पार्टीले ४० प्रतिशत सांसद तथा केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको पुष्टी गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही नियमअनुसार आयोगले राप्रपा (प्रजातान्त्रिक) का नेतालाई हस्ताक्षर सनाखत गर्न आजको म्याद दिएको थियो ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोगको समयसीमाभित्र राणा समूहले हस्ताक्षर सनाखत गर्न नसकेका कारण पार्टी विभाजन प्रक्रिया अगाडि नबढाउन निवेदन दर्ता गराएको छ ।पार्टीका महामन्त्री राजेन्द्र लिङदेनको नेतृत्वमा आयोगमा गएको प्रतिनिधिमण्डलले सो निवेदन दर्ता गराएको प्रवक्ता भुवन पाठकले जानकारी दिए  ।