चिनियाँ उपप्रधानमन्त्री काठमाडौँमा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, ३० साउन । चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चारदिवसीय औपचारिक भ्रमणमा आज अपराह्न विशेष विमानबाट नेपाल अाइपुगेका छन । उप्रधानमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले स्वागत गरे । चिनियाँ विशिष्ट पाहुनालाई चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चिनियाँ राजदूत यु होङ तथा परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृत र चिनियाँ दूतावासका कर्मचारीले स्वागत गरेका थिए।