चिनियाँ उपप्रधानमन्त्री याङले आज राष्ट्रपति र प्रधानमन्त्री सँग भेट गर्दै

arjun News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,३२ साउन । नेपालको औपचारिक भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन । राष्ट्रपति भण्डारीसँग अपरान्ह ४ बजे शितल निवास र प्रधानमन्त्री शेरवहादुर देउवासँग बालुवाटारमा अपरान्ह ३ बजे भेटवार्ता हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

राष्ट्रपति र प्रधानमन्त्री सँगको भेट अघि उपप्रधानमन्त्री वाङले विभिन्न क्षेत्रका व्यक्तित्वसंग अनौपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्रका अधिकारीले जनाएका छन् ।वाङको भ्रमणका क्रममा हिजो नेपाल र चीनबीच विभिन्न सहयोग सम्बन्धी ३ वटा सम्झौतामा हस्ताक्षर हुनुका साथैे चीनले बाढी पहिरोको विपदका लागि १० करोड सहयोग दिने घोषणा समेत गरेको थियो । उपप्रधानमन्त्री वाङले किर्तिपुर विश्वविद्यालय परिसरमा रहेको आयुर्वेद अध्ययन केन्द्रको बिहान अवलोकन गरे ।