प्रदेश र केन्द्रको निर्वाचन एकैदिन गर्न प्रमुख तीनदल सहमत

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, ३२ साउन । प्रमुख तीन दलले केन्द्र र प्रदेशको निर्वाचन एकै दिन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको तीन दलको बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले दुवै तहको निर्वाचन एकै दिन गर्नका लागि निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको बैठकपछि काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले जानकारी दिए । उनले प्राविधिक र कानुनी विषयमा आयोगसँग बिहीबार थप छलफल गर्ने सहमति भएको जानकारी दिए । एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आगामी मंसिर १५ गतेभित्र दुवै तहको निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताए ।

त्यस्तै, तीन दलबीच आगामी माघ ४ गतेभित्र संविधान संशोधनको विषयलाई टुंगोमा पु¥याउने सहमतिसमेत भएको छ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्न पनि तीन दल सहमत भएको उपनेता नेम्वाङले जानकारी दिए । रासस