राहत वास्तविक बाढी पीडितको हातमा नभई सत्तारुढ दलका कार्यकर्ताको घरमा पुग्ने गरेको एमालेको आरोप

arjun Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,१ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बाढि, पहिरो र डुबान पीडितको नाममा वितरण गरिएको राहत सत्तारुढ दलका कार्यकर्ताहरुको कमाई खाने भाँडो बनेको आरोप लगाएको छ । एमालेका नेता रघुवीर महासेठले पीडितलाई राहत दिने काममा गम्भिर बन्न पनि सरकारलाई पुनः दवाव दिए । उनले सरकारले वितरण गरेको राहत वास्तविक पीडितको हातमा नभई सत्तारुढ दलका मुख्य–मुख्य कार्यकर्ताको घरमा पुग्ने गरेको आरोप पनि लगाए ।

बाढि र डुबान पीडित तराईका जिल्लाहरुको स्थलगत अवलोकन गरी विहिबार काठमाडौं फर्कका उनले संचारकर्मीमाझ प्रमुख जिल्ला अधिकारमार्फत राहत वितरण गरिएको भनेर सरकारले पीडित जनतालाई ढाँटिरहेको पनि आरोप लगाए । उनले सत्तारुढ दलका मुख्य–मुख्य कार्यकर्ताले मात्रै सरकारले पठाएको राहत पाउने गरेको उल्लेख गर्दै वास्तविक पीडित भोकभोकै मर्ने अवस्था रहेको पनि स्मरण गराए । नेता महासेठले जनतालाई राहत उपलब्ध गराउन आफनो पार्टी डुबान प्रभावित सबै जिल्लाका सक्रियताका साथ लागि परेको पनि बताए ।एमाले नेता महासेठले बाढि र डुबान पीडित मृतकका परिवारलाई क्षतिपूर्तिबापत तत्काल ५ लाखका दरले राहत उपलब्ध गराउन पनि सरकारसँग माग गरे ।