भूकम्पबाट क्षतिग्रस्त हनुमानढोका दरबार र पाटनको तलेजु मन्दिरको पुनःनिर्माणमा जापानको चासो

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, १ भदौ । जापानले भूकम्पका कारण क्षतिग्रस्त हनुमानढोका दरबार र पाटनको देगु तलेजु मन्दिरको पुनःनिर्माणमा विशेष चासो देखाएको छ ।सिंहदरबारमा आज राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलसँगको भेटमा नेपालका लागि जापानी राजदूत मासासी ओगावाले ऐतिहासिक सम्पदाका रुपमा रहेको सो दरबार र मन्दिरमा तीव्रताका साथ काम गर्नेबारे छलफल गर्दै सम्पदा पुनःनिर्माणलाई तीव्रता दिन आवश्यक पर्ने बजेट दु्रत प्रक्रियाबाट खर्च गर्ने सम्बन्धमा जिज्ञासा राखेका थिए ।
राजदूतले सिंहदरबारको पश्चिमी मोहडातर्फको भागको प्रबलीकरण तथा पुनःनिर्माणमा भइरहेको प्रगतिबारे चासो राख्दै आवश्यक परे जापानल सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।सो क्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले अर्थ मन्त्रालयसँग समन्वय गरी जापानले दिने भनिएको सहयोगलाई दु्रत मार्गबाट सम्पदा पुनःनिर्माणमा खर्च गर्ने कार्यविधि बनाउन सकिने जानकारी गराए।