प्रदेशसभा र संघीय संसदको निर्वाचन एकै चरणमा सम्पन्न गर्न निर्वाचन आयोग तयार,मंसिर ४ गते गर्न मिति प्रस्ताव

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ १ भदौ । प्रदेशसभा र संघीय संसदको निर्वाचन एकै चरणमा सम्पन्न गर्न निर्वाचन आयोग तयार भएको छ । आज साँझ प्रधानमन्त्री निवाश बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरु सँग प्रदेश र संसदको चुनाव एकै चरणमा चुनाव गर्न आवश्यक सम्पूर्ण प्राविधिक, प्रसासनिक र कानूनि अडचन फुकाउने भएपछि आयोग तयार भएको हो ।
बैठकमा निर्वाचन आयोगका पदाधिकारीहरुले मंसिर ४ गते प्रदेशसभा र संघीय संसदको निर्वाचन गर्ने मिति पनि प्रस्ताव गरेका छन् । यस्तै आयोगले प्रदेशसभा र संघीय संसदको निर्वाचन पनि २ चरणमा गर्न प्रस्ताव गरेको छ । पहिलो चरणमा हिमालीसहित उच्च पहाडी ३१ जिल्लामा मंसिर ४ गते र बाँकीमा १० देखि १५ गतेको बीचमा गर्न प्रस्ताव गरेको छ । प्रमुख तीन दलले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन एउटै मितिमा गर्नेगरी तयारी गर्न निर्वाचन आयोगसँग आग्रह गर्दै आएको थियो ।
निर्वाचनमा २ वटा मतपत्र प्रयोग हुने भएको छ । एउटा मतपत्रमा प्रदेशसभा र संघिय संसदका लागि प्रत्यक्षतर्फ पहिलो हुने निर्वाचित हुनेमा मतदान हुनेछ भने अर्को मतपत्रमा समानुपातिकतर्फ प्रदेशसभा र संघिय संसदका लागि मतदान गर्नुपर्ने व्यवस्था हुने प्रस्ताव गरिएको छ ।