तराईको भूभाग डुवान भएको एक साता पछि बल्ल भारतीय प्रधानमन्त्री मोदीले यस्तो भने…

arjun Latest Update , MainNews/प्रमुख समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाडौँ, २ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज टेलिफोन गरी नेपालमा हालै आएको बाढी र पहिराका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकारका तर्पmबाट २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

भारतीय प्रधानमन्त्री मोदीले साँझ ६ बजे टेलिफोन गरेर बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारलाई समवेदना व्यक्त गरेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । भारतीय प्रधानमन्त्रीले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यमा सक्दो सहयोग गर्ने वचन दिएका छन । रासस