मतदाता नामावली संकलनको समयअवधि सकियो

arjun News/समाचार , ७ वर्ष अगाडि

काठमाडौं, ३ भदौं । निर्वाचन आयोगले थप गरेको मतदाता नामावली संकलनको समयअवधि आज सकिदैछ । आयोगले गत साउन ३२ गते ३ दिन गरि आज सम्मका लागि समय थप गरेको थियो ।

सबै क्षेत्रीय, जिल्ला निर्वाचन कार्यालय र ६ सय ६९ स्थानीय तहहरुबाट मतदाता नामावलीमा नाम दर्ता, संकलन भइरहेको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए । उनले आज नामावली संकलनको अन्तिम दिन भएकाले छुट भएकाहरुलाई नामावली दर्ता गराउन आग्रह समेत गरे ।प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन र प्रदेश तथा केन्दसभा निर्वाचनको लागि आयोगले मतदाता नामावली संकलन गरेको हो ।