एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आंशिक रुपमा सञ्चालन

arjun Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

पथरी (मोरङ), ३ भदौ । बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज आंशिक रुपमा सञ्चालन भएको छ । धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल आजदेखि उडान गर्न योग्य भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरण विराटनगरका प्रमुख सुरेशमान सिंहले बताए  ।

सिंहका अनुसार विमानस्थल क्षेत्रका विद्युतीय उपकरणहरुको मर्मत र परीक्षण गर्न बांकी रहेकाले पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्ने छ । आज यती र सौर्य एयरलायन्सले उडान भर्ने छन । बुद्धले आईतबार नेपाल वायुसेवा निगमले सोमबार देखि उडान भर्ने कार्यलय प्रमुख सिंहको भनाई छ । रासस