कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघलाई राजनीतिकरण गरे :ओली

arjun Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,३ भदौ । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघलाई राजनीतिकरण गरेको आरोप लगाएका छन । नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशनको पुर्वसन्धामा प्रेस चौतारी नेपालले सनिबार राजधानीमा गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन । माओवादी र कांग्रेसले बालुवाटारबाट पोलिटब्युरो सदस्यलाई आफ्नो नेताको रुपमा भोट हाल्न पत्रकारलाई निर्देशन दिएको दाबी ओलीले गरे ।अध्यक्ष ओलीले नेपाली कांग्रेस र माओवादी भित्र पत्रकारको खडेरी परेको भन्दै विवेकलाई बन्धक राखेर काजमा आएका राजनीतिक दलका नेतालाई रोज्ने कि पत्रकारिता क्षेत्रलाई ज्युँउदो राख्ने भनि व्यङग्य गरे ।

अध्यक्ष ओलीले स्वतन्त्र प्रेसको परिभाषा भित्र कहिलेदेखि गैह् पत्रकार देखिन थाल्यो भनि प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे ।वक्तव्यको पुरै समय कांग्रेस र माओवादीको आलोचना र व्यड्ग्यमा खर्चेका अध्यक्ष ओलीले आवरणको नभई मर्यादित पत्रकारिताको पक्षमा पत्रकारका संघ संस्था हिड्नुपर्ने बताए । एमालेले पत्रकार र तीनका संस्थालाई थिचोमिचो नगर्ने र अनावश्यक निर्देशन पनि नदिने उनले स्पष्ट पारे ।नेपाल पत्रकार महासंघले महाधिवेशन मार्फत सोमबार आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।