नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान हुदै

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, ५ भदौ । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदैछ । कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने मतदान दिउसो ३ बजे समम जारी रहने बताइएको छ । निर्वाचनबाट ४७ सदस्यीय केन्द्रीय कार्यसमितिको चयन गर्नेछ ।

देश तथा विदेशबाट एक हजार ५१५ प्रतिनिधि सहभागी भएको उक्त महाधिवेशनमा अध्यक्ष पदका लागि उजिर मगर, प्रेस चौतारीका तर्फबाट तीर्थ कोइराला तथा प्रेस युनियन र प्रेस सेन्टरका साझा उम्मेदवार गोविन्द आचार्यका बीच प्रतिस्पर्धा हुनेछ । महाधिवेशनको पहिलो दिनको बन्दसत्रमा हिजो महासचिव उजिर मगर, कोषाध्यक्ष सूर्यमणि गौतमको प्रतिवेदन छलफलसहित पारित भएको थियो। मतदान सम्पन्न भए पछि आजै रातीबाट सञ्चारग्राम स्थित महासंघको भवनमा मतगणना सुरु गरिने बताइएको छ ।